eNepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको आज सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमनलाई हराएको छ। ओमनस्थित अलअमेरत स्टेडियममा सम्पन्न खेलमा नेपालले ओमनमाथि ३९ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमनले १७ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो।

आशिफ शेखलाई ४ र कुशल भुर्तेललाई ५ रनमै गुमाएको नेपालको ब्याटिङ सुखद हुन सकेन। त्यसपछि आएका ज्ञानेन्द्र मल्लले १५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरी ११ रनमा पभेलियन फर्किए। धर्मराएको नेपालको ब्याटिङ लाइन आरिफ शेखले सम्हालेका थिए। उनले ३८ रन बनाउँदै नेपालको पारी उकासे। त्यसबाहेक लोकेश बम र कप्तान सन्दीप लामिछानेले समान १६ रन बनाए।

बलिङतर्फ ओमनका खावर अलीले सर्वाधिक ३ विकेट लिँदा विलाल खानले २ तथा फैयाज बुट र जेसन मक्सुदले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको ओमनका ओपनर कश्यप प्रजापतिलाई रन नजोड्दै कमलसिंह ऐरीले आउट गराए। त्यस्तै आयन खान ३ रनमा आउट हुँदा जतिन्दरसिंह ९ रनमा पभेलियन फर्किए। त्योसँगै ओमन दवाबमा आयो। ओमनका सुरुवाती ५ ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न नसक्दा नशिम खुशीले १८ बलमा १ चौका र २ छक्काको सहायतामा ओमनको पारी उकासे पनि कप्तान लामिछानेले उनलाई बल्ड आउट गराए। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए। त्यस्तै जितेन्द्र मुखिया र अभिनास बोहोराले समान १ विकेट लिए।

नेपालले अर्को खेलमा भोलि फिलिपिन्सको सामना गर्नेछ भने सोमवार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal