eNepal

मेल्बर्नको अमेजीङ प्यारेन्ट्सले अमेजीङ कार्यहरु गर्दै

डिपीभी हेल्थ, इपिङ वोलर्ट नेपाली समुदाय र अमेजीङ प्यारेन्ट्सको संयुक्त प्रयासमा खोप कार्यक्रम सम्पन्न भएको छ।

गएको फेब्रुअरी १२ मा योग्य भएका सबै उमेरकाक समुदायका सदस्यहरूलाई खोप प्रदान गर्ने उद्देश्यले डिपीभी हेल्थ, अमेजीङ प्यारेन्ट्स र ईपीङ वोलर्ट नेपाली समुदायको संयुक्त प्रयासमा ईपीङको गलाडा सामुदायिक केन्द्रमा एक कोभिड १९ खोप शिविर आयोजना गरिएको थियो।

बिहान ९ बजेदेखि दिउँसो २ः३० बजेसम्म चलेको शिविरमा उल्लेख्य मात्रामा संघसंस्थाहरुका स्वयंसेवकहरुको सहभागिता रहेको थियो शिविरमा ३८ जनालाई खोप लगाएका थिए।

अमेजिङ पेरेन्ट्स अटिजम र अन्य विशेष आवश्यकता भएका बालबालिकाका अभिभावकहरूद्वारा गठित गैर-लाभदायक सदस्यतामा आधारित संस्था हो। यो संस्था विभिन्न विकास विकार र बौद्धिक अपाङ्गताबाट प्रभावित बालबालिकाको लागि सञ्चार र सामाजिक सीपहरू विकास गर्ने प्रक्रियालाई मद्दत र सहजीकरण गर्न स्थापना गरिएको हो। यसले उपयुक्त वातावरणीय परिवेशमा हुर्किदै गरेका अटीजमबाट प्रभावित बालबालिकाहरुको लागि बिभीन्न बौद्धीक एबम् रचनात्मक अन्तरक्रिया तालिम र कार्यक्रमहरू आयोजना गरेर सामाजिक सीपहरूको विकास र सुधारमा प्रमुख भुमीका खेल्दै आएको छ ताकि बालबालिकाहरू स्वतन्त्र र अर्थपूर्ण जीवन बिताउन सकुन्।

DPV Health एउटा नाफामुखी संस्था हो जसले सबै उमेरका मानिसहरूलाई असाधारण स्वास्थ्य सेवाहरू प्रदान गर्दछ।यो एउटा समावेशी संस्था हो जसले हाम्रो समुदाय भित्रका सबै मानिसहरूसँग नजिक रहेर कार्य गर्दछ।यो संस्थाले आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर, असक्षमता, LGBTIQ र भर्खरै आएका समुदायहरूसँग मिलेर काम गर्ने गरेको छ।हाल पाँच स्थानीय सरकारी क्षेत्रहरू ह्वाइटलसी, ह्यूम, मिचेल, मेल्टन र बान्यु क्षेत्रमा यसले सेवा प्रदान गर्दै आएको छ।

एपीङ वोलर्ट नेपाली समुदाए एपीङ र वोलर्ट उपनगरहरूमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूको सामुदायिक संस्था हो। यसको स्थापना सन् २०१७ मा भिक्टोरियाको इपिङ र वोलर्टमा बसोबास गर्ने नेपाली मूलका व्यक्ति र परिवारहरूलाई समेटेर एकअर्कामा भेटघाट, सामुदायी गतिबिधी लगाएत बिभीन्न साँस्कृतीक कार्यक्रमहरु आयोजना गर्नका साथै यस क्षेत्रमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरू बीचको नाता र सम्बन्धको भावनालाई बढावा दिनु र सूचना आदानप्रदानको माध्यमबाट नेपाली सम्पदासँग बृहत् ह्वाइटलसी समुदाय र इपीङ  र वोलर्टका बासिन्दाहरू बीचमा शिक्षा, संवाद र सांस्कृतिक कार्यक्रमहरूको उत्सव मनाउँदै सामुदायिक सम्बन्धलाई बढावा दिने उदेश्यका साथ गठन गरिएको संस्था हो।

अमेजिंग प्यारेन्ट्सले विशेषगरी अटिजम लगायत फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावकका लागि प्रभावकारी कार्यक्रम आयोजना गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal