eNepal

यस्तो छ अस्ट्रेलीयाका बिभीन्न राज्यमा कोरोना सङ्क्रमणको अवस्था

अस्ट्रेलीयाको भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा ७ हजार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ १९ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर १९ हजार ८ सय ६४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ५५ हजार १ सय ०२ रहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ४ सय २९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससंगै खोप लगाउनेको कूल संख्या ५८ लाख १९ हजार ४ सय ५३ पुगेको छ।

त्यस्तै न्यु साउथ वेल्समा ८ हजार १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यु साउथ वेल्स स्वास्थ्य विभागका अनुसार बिहीबार पिसिआर परीक्षणबाट ३ हजार २ सय ८८ र एन्टिजेन परीक्षणबाट ४ हजार ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा न्यु साउथ वेल्समा कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ ।

क्वीन्सल्याण्डमा ३ हजार ६ सय ६० जनामा कोरोना संक्रमण भएको छ। पिसिआर परीक्षणबाट एक हजार एक सय र एन्टिजेन परीक्षणबाट २ हजार ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या ३३ हजार २८९ रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । सोही अबधीमा क्वीन्सल्याण्डमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

यस्तै तास्मनियामा ४५६ र उत्तरी क्षेत्रमा १४२५ जनामा कोरोना संक्रमण देखिएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal