eNepal

सामुदायीक केन्द्रको सहयोगार्थ मेल्बर्नका सामाजिक संस्था र व्यावसायीहरु च्यारिटी म्याच खेल्दै

हाल अष्ट्रेलियाको मेलबर्नमा १७औं न्याभ क्रिकेट टुर्नामेन्टको आयोजना भइरहेको छ। सामुदायिक सद्भावको लागि अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ यस बर्ष न्याभले नेपाली सामुदायिक केन्द्रको लागि कोष उठाउने प्रयासमा जुटेको छ।

फेब्रुअरी २२ मा आयोजना हुन लागेको च्यारीटी खेलमा यस वर्ष न्याभ, एनआरएनए, कन्सल्टेन्सी, रियलस्टेट, किराना पसल, स्वास्थ्यकर्मी, व्यवस्थापन व्यवसायी, कर एजेन्ट, होटल, ट्राभल र पर्यटन व्यवसायीका साथसाथै अन्य साना व्यवसायीहरू सम्मिलित छवटा सामुदायिक टोलीहरू प्रतिस्पर्धामा उत्रीदै छन्।  

अस्ट्रेलियन नेप्लिज बहुसाँस्कृतीक केन्द्रको लागि कोष जुटाउन एकैसाथ यसरी सबै सँस्था र व्यवसायहरु सहभागीता जनाउन लागेको सम्भवत योनै पहिलो च्यारिटी खेल भएको न्याभका उपाध्यक्ष एवम् प्रतियोगीताका संयोजक प्रेमराज उप्रेतीले बताउनु हुन्छ।

खेलको ढाँचा टि टेनको हुने र दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन्।फाइनल खेल भने २७ फेब्रुअरीमा न्याभ कप क्रिकेट प्रतियोगीताको ग्रान्ड फिनालेका दिन हुने आयोजकले जनाएको छ।

समुदायको बृहत्तर हितका लागि आफ्नो ऐक्यबद्धता र प्रतिबद्धता दोहोर्‍याउन पहिलो पटक नेपाली व्यवसायीहरू यसरी जम्मा भएका हुन्।

गत वर्ष पनि न्याभले च्यारिटी खेलको आयोजना गर्दै बैतडीमा बलात्कृत पछि हत्या गरिएकी भागिरथी भट्टकी आमालाई सहयोग गर्न कोष जुटाइएको थियो। सो खेलबाट $ २९९० डलर उठेको थियो जसमा आधा रकम सुरज अयरले नेतृत्व गर्नु भएको मल्टिडायनामिक रियलस्टेट मेल्बर्नबाट प्राप्त भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal