eNepal

फेब्रुअरी २१ देखि पूर्ण खोप लगाएका अन्तराष्ट्रिय यात्रुहरू अस्ट्रेलिया आउन पाउने

कोभीडको कारण अन्तराष्ट्रिय यात्रुहरूका लागि बिगत दुई बर्षबाट बन्द रहेका अस्ट्रेलीयाको सिमा फेरि खुल्ला हुने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका हुन्। ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउदै लगेको हो । अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु लागु गरेको देशमा पर्दछ ।

राष्ट्रिय सुरक्षा सम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सवै प्रकारका प्रवेश आज्ञा पाएकाहरुलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी गराएका हुन्।

कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्धेश्यले सन् २०२० को मार्चदेखि विदेशबाट पर्यटकहरु आउन नदिने निर्णय अस्ट्रेलियन सरकारले गरेको थियो।

यो सँगै अस्ट्रेलीयाले मान्यता दिएको खोपको दुवै मात्रा लगाएका सबै भिषाधारकले फेब्रुअरी २१ बाट अस्ट्रेलीया आउन पाउने छन्। यसअघि सरकारले १५ डिसेम्बरदेखि अन्तर्रास्ट्रिय विद्यार्थी लगायत विभिन्न २८ भिषाभाहकका लागि सिमाना खुल्ला गरेको थियो । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal