eNepal

न्याभद्वारा अस्ट्रेलियामा हुर्किदै गरेका दोश्रो पुस्तालाई लक्ष्क्षित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ )ले अस्ट्रेलीया दिवशको अवसर पारेर अस्ट्रेलियाको भिक्टोरिया राज्यमा हुर्किदै गरेका नेपाली बालबालिकाहरुको लागि  वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। 

प्रतियोगितामा समूह १ (६-९ वर्ष), समूह २ (१०-१२ वर्ष) र समूह ३ (१३-१६ वर्ष) गरी तीन फरक उमेर समूहका जम्मा ३४ बालबालिकाको सहभागी रहेको थियो।

उमेर समूह ६-९ बर्षको प्रतियोगितामा सजल पाण्डे प्रथम, आरव उपाध्याय द्वितीय र आस्था पौडेल तृतीय बन्न सफल रहे भने उमेर समुह २ (१०-१२ वर्ष) को प्रतियोगितामा प्रनीष पन्त प्रथम, सुरेजा श्रेष्ठ द्वितीय र गृष्मा रायामाझी तृतीय बन्न सफल रहे। त्यस्तै उमेर समूह ३ (१३-१६ वर्ष) को प्रतियोगितामा रुची अर्याल प्रथम, निधान्त गुरुङ द्वितीय र गरीमा काफ्ने तृतीय बन्न सफल भएका छन्।

भिडीयो हेर्नलाई यो लिङ्कमा थिच्नु होला।
https://fb.watch/aY86JVX4VP/

भर्चुअल माध्यमबाट गरिएको वक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथीमा भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत चन्द्र योन्जोनको उपस्थिती रहेको थियो भने प्रतियोगिताको निर्णायक मण्डलमा डा अनुपम पोखरेल, निरु त्रिपाठी र निरु सापकोटा रेग्मी रहनु भएको थियो।

न्याभका कोषाध्यक्ष डा. याकिन्द्र तिमिल्सेनाको संयोजनमा भएको सो प्रतियोगितालाई प्रकाश रेग्मीले कार्यक्रम संयोजन गर्नुभएको थियो भने कार्यक्रमलाई प्रेरणा मल्लले संचालन गरेकी थिईन्।

भिक्टोरीयन सरकारको आर्थिक सहयोगमा सम्पन्न भएको प्रतियोगितालाई मेल्बर्नमा सन्चालनमा आएका नेपाली बिधालयमा पठनपाठन गरिरहेका बालबालीकाहरुको सहभागीता रहेको थियो।

हामी विश्वका जुनसुकै ध्रुबमा पुगेपनि आफ्नो भाषा, सँस्कार र सँस्कृति पनि सँगसँगै लिएर गएका हुन्छौं । प्रवासमा हुर्किदै गरेको दोश्रो पुस्ताले आफ्नो मौलीक भाषा, कला र सँस्कृती कतै बिर्सने पो हुन कि भन्ने डर धेरै अभिभावकहरुमा परेको छ। 

भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हाम्रो चिनारी नै हराउँछ ” आफ्नो भाषाको बर्णन गर्न नसके पनि हाम्रो कला, संस्कार र संस्कृति, इतिहासको चिनारी दिन सकुन भन्ने हेतुले यस्ता कार्यक्रमको आयोजना गरीएको न्याभका अध्यक्ष राम गुरुङले बताउनु भयो। आफ्ना छोराछोरीलाई कार्यक्रममा सहभागी हुन प्रोत्साहन गर्नुहुने अभिभावकहरू लगाएत कार्यक्रममा उपस्थित हुनुहुने निर्णायक मण्डल, विद्यालय संयोजक, शिक्षक तथा सम्पूर्ण समुदायका अगुवाहरुलाई बिषेश धन्यबाद दिनु भएको छ।

हामीले हाम्रा बालबालिकाहरूलाई यस्ता बिविध उपयोगीमुलक गतिबिधिहरूमा संलग्न गरायौँ भनेमात्र भविष्यमा उनीहरूलाई थोरै भएपनि थप उर्जा र हौषल्ला पक्कै मिल्ने न्याभका उपाध्यक्ष प्रेमराज उप्रेती बताउनु हुन्छ।

हाल मेल्बर्नमा बाल चौतारी प्रेस्टोन, बाल चौतारी वेस्ट, ईपिङ वलर्ट बाल वाटीका, बाल सँसार ग्लेनरोय, हाम्रो नेपाली पाठशाला मेल्बोर्न, क्रेगीबन नेपाली भाषा स्कुल र भुट्निज नेपाली ईथिनीक स्कुल मेल्बोर्नमा नेपाली भाषा पठनपाठन गराइन्छ। नेपाली समुदाएको सङ्ख्या बढेसँगै नेपाली भाषा पढाइने बिधालयहरु खोलिने क्रम पनि बढ्दो क्रममा रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal