eNepal

सिड्नीमा कारको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली बिधार्थीलाई सहयोगको अपील

गत जनवरी २५ बिहान ५ बजेको समयमा सिड्नीको ग्रानभिलमा कारले ठक्करबाट गम्भीर घाइते भएकी २१ वर्षीया सुस्मिता लामालाई आर्थीक सहयोग गर्न समुदाएसँग आग्रह गरिएको छ। 

मस्तिष्क र स्पाइनल कर्डमा गम्भीर चोट लागेको उनलाई वेस्टमीड अस्पतालमा भर्ना गरिएको छ । उनी एक महिनाअघि मात्र नेपालबाट विद्यार्थी भिसामा अष्ट्रेलिया आएकी थिइन् । अस्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज, सिड्नीमा अध्ययनरत् सुस्मीतालाई सहयोग गर्न गो फण्ड मी एकाण्ट खोलीएको छ। 

पक्षघात भएको कारण लामो समयसम्म उपचार गराउनुपर्ने र उनको हेरचाहका साथै  दैनिक आधारभूत आवश्यकताहरू कभर गर्न र उनको हेरचाहको आमाबाबुलाई अष्ट्रेलिया ल्याउन रकम प्रयोग गरिने जनाइएको छ।

२० हजार डलर उठाउने लक्ष्य राखिएको खोलीएको एकाउण्टमा यो समाचार तयार पार्दा सम्म $ ९३७२ रकम सङ्कलन भइ सकेको छ।

https://www.gofundme.com/f/help-sushmita-lamahit-by-a-car?qid=0ca6fcc5d3da704fa2fe81c0691600da

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal