eNepal

क्यानवेरा नेप्लिज फुटबल क्लबको आयोजनामा नयाँ बर्ष कप २०२२ सम्पन्न

अंग्रेज़ी नयाँ बर्ष २०२२ को उपलक्ष्यमा क्यानवेरा नेप्लिज फुटबल क्लबको आयोजनामा एस एण्ड एस र राइट एण्ड एसोसीयट्स नयाँ बर्ष कप २०२२ सम्पन्न भएको छ।क्यानवेराको एएनयु (ANU) फुटबल मैदानमा हिजो २९ जनवरीमा सम्पन्न फुटबल खेलमा क्यानवेरा नेप्लीज फुटवल क्लब (CNFC) ले एकोस फुटवल क्लव (Achos FC) लाई हराउँदै प्रतियोगितामा जीत हासिल गरेको थियो।

विजय हासिल गर्ने क्लवले नगद अष्ट्रेलियन डलर १००० सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता Achos FC ले नगद अष्ट्रेलियन डलर ५०० सहित शिल्ड तथा मेडल प्राप्त गरेको थियो।

लिग कम नकआउटको आधारमा खेलाईएको फुटबल खेलमा प्रतियोगिता अवधिभरका आधारमा उत्कृष्ट डिफेन्डर क्यानवेरा नेप्लीज फुटवल क्लब (CNFC) का निराजन प्रधान घोषित गरिएका थिए भने उत्कृष्ट खेलाडी क्यानवेरा नेप्लीज फुटवल क्लब बाटनै वबीन पौडेल घोषित गरिएका थिए। त्यसैगरी उत्कृष्ट गोल रक्षक Bhucan XI बाट मिग्मा छीरीड्ग भ‌एका थिए भने नेपाल युनाईटेडका हेमन गुरुड्गले प्रतियोगिता अवधि भरमा ६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए। 

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि अष्ट्रेलिया स्थित नेपाली राजदुताबासबाट निर्मल भट्टराई हुनुहुन्थ्यो भने अध्यक्षता आयोजक क्लब क्यानवेरा नेप्लीज फुटवल क्लब (CNFC) का अध्यक्ष सुरज पौडेलले गर्नुभएको थियो। 

कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनको भूमिका क्लबका पूर्व अध्यक्ष आशिष सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम अवधिभर स्वयंसेवक भुमिका क्लवका राम कृष्ण कार्की, सुलभ पोख्रेल, नवीन दाहाल, भविन्द्र तिलिजा लगायतका समुदायका सदस्यहरुले निर्वाह गर्नुभएको थियो। त्यस्तै गरेर मनोज संजेल, विर पोडार, केदार क्षेत्री लगायतका साथीहरुले सहायक रेफ्रीको भुमीका निर्वाह गर्नु भएको थियो ।

कार्यक्रमको अन्य व्यवस्थापनको भूमिका क्लबका सचिव प्रधुम्न दाहालले गर्नुभ‌एको थियो। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal