eNepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले कोभिडका कारण विवाह स्थगित गर्न बाध्य भएको बताएकी छिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री आर्डेनले विवाह स्थगित गरेकी हुन् ।

‘ कोभिडका कारण मेरो विवाह यसअघि तोकिएको मितिमा नहुने भएको छ,’ उनले भनिन् । सरकारले विवाहलगायतका ठूला जमघट हुने कार्यक्रममा बढीमा १०० जना मानिस भेला हुन पाउने जनाएको छ । तर, ती सबै जनाले पूर्ण खोप लगाएको हुनुपर्छ ।

आफू महामारीबाट प्रभावित न्युजिल्यान्डका अन्य नागरिक जस्तै प्रभावित भएको उनले बताएकी छिन् । ‘महामारीका कारण म पनि अन्य नागरिक जस्तै प्रभावित बनेकी छु,’, प्रधानमन्त्रीले भनिन् ।

आर्डेन र उनका लामो समयदेखिका पार्टनर क्लार्क गेफोर्डले अहिलेसम्म आफ्नो विवाहको मिति सार्वजनिक गरेका छैनन् । ४१ वर्षीय आर्डेन र उनका पार्टनर क्लार्कको तर्फबाट एक सन्तान छन् । केही सातापछि उनीहरुको विवाह गर्ने कार्यक्रम रहेको न्युजिल्यान्डका सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् ।

न्युजिल्यान्डमा अहिलेसम्म १५ हजार १०४ जनामा कोभिड देखिएको छ । महामारी सुरु भएपछि अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal