eNepal

होबार्टमा भइरहेको छ सोसियल फुटवल वोल्ड कप,नेपालले आज स्विजरलैण्डसँग प्रतिस्पर्धा गर्दै

अस्ट्रेलीयाको होबार्टमा सोसियल फुटवल वोल्ड कप आयोजना भइरहेको छ।गएको १२ जनवरीबाट शुरु भएको यस प्रतियोगीतामा १६ वटा देशले सहभागीता जनाएका छन्। नेपाल सहित कोलम्विया, साइप्रस, चाउना, क्रियसिया,ग्रीस, युनाइटेड अरव, सिरीया, इङ्गल्याण्ड, भारत, अस्ट्रेलिया, सर्विया, भियतनाम, इटली, स्विजरलैण्ड र भुटानको सहभागीता रहेको छ।

ग्रुप एमा कोलम्विया, साइप्रस, चाउना र क्रियसिया रहेका छन् भने ग्रुप बीमा ग्रीस, युनाइटेड अरव, सिरीया र भारत रहेका छन्।ग्रुप सीमा इङ्गल्याण्ड, अस्ट्रेलिया, सर्विया र भियतनाम रहेका छन्।नेपाल भने इटली, स्विजरलैण्ड र भुटान सहित ग्रुप डीमा रहेको छ।

आज अपरान्ह चार बजे ओलीन्डा ग्रोभ १ मा  समुह डीबाट नेपाल र स्विजरलैण्डले प्रतिस्पर्धा गर्ने  होबार्टबाट नेपाली सोसाइटी अफ तास्मानियाका सदस्य बिष्णु सापकोटाले जानकारी गराउनु भएको छ।

नेपाल टिमको प्रतिनीधित्व प्रेम प्रसाद होमागाईको नेतृत्वमा अभिषेक तामाङ (गोलकापर), हेमन्तराज भरी श्रेष्ठ, पेम्बा शेर्पा, उत्तम सुनार, अजय थापा, सिशान्त गुरुङ (भाईस क्याप्टेन), मन्जील श्रेष्ठ, सुरेश गुरुङ, जितेन्द्र राई, सागर तामाङ, राजीव थापा, अम्रीत डिसी, रवीन चौधरी, ब्रजेश गुरागाई, बिरेन्द्र बहादुर घर्ती (क्याप्टेन), सुरज शर्मा, निरज गुरुङ, सन्दीप तामाङ, शरद चौधरी, अर्बीन स्याङ्बा (गोलकिपर) रहेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal