भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १३ हजार ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १४ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ। भिक्टोरियामा हिजो मात्रै १६ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
सोहि अवधि भर ३२ हजार ४ सय ३५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ९१ हजार ५८ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २६ हजार ५ हजार ८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससंगै खोप लगाउनेको कूल संख्या ५४ लाख ४४ हजार ५ सय ३४ पुगेको छ।
त्यस्तै १००२ जनाको अस्पतालमा उपचार भई रहेको छ भने १२० जना आईसियुमा रहेका छन्।४४ जना भने भेन्टीलेसनमा रहेका छन्।

