भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १६ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ३९ हजार १ सय ७९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २ लाख १७ हजार ५ सय ५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २७ हजार ५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससंगै खोप लगाउनेको कूल संख्या ५४ लाख १७ हजार ९ सय ३२ पुगेको छ।

