eNepal

क्रिप्टोकरेन्सीको कारोबार गर्ने गिरोह पक्राउ

नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले लुकीछिपी क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनाको गिरोहलाई मिनभवनबाट पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा पर्वतका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् । नेपाल राष्ट्र बैंकले कारोबारका लागि प्रतिबन्ध लगाएको क्रिप्टोकरेन्सी बिट क्वाइनबाट कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीले जनाएको छ । एक महिनामै उनले १६ लाख बराबरको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ ।

क्रिप्टोकरेन्सीको कारोबार नेपालमा कानुनविपरीत रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानूनबमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal