eNepal

जिलोङ नेप्लिज एसोसियसनले २६ जनवरीमा अस्ट्रेलीयन डे मनाउँदै

मेल्बर्न, अस्ट्रेलीया

२६ जनवरी यानिकी अस्ट्रेलीयन डेको अवसर पारेर जिलोङ नेप्लिज एसोसियसनले सदाझै यो बर्ष पनि बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

बिभीन्न सांस्कृतिक गतिविधिहरूको साथमा बालबालिकाको लागि जम्पिङ क्यासल/फेयरी फ्लस/स्लुशी मेसिनहरू जस्ता बिभीन्न मनोरञ्जनात्मक खेल गतिबीधीको साथमा अस्ट्रेलीयन डे मनाउन लागेको हो।

६५००० बर्ष अघि पहिलो पटक ब्रिटिशहरु न्यू साउथ वेल्समा आइपुगेर सिड्नीमा ब्रिटिश झन्डा फहराएको सम्झना गर्दै अस्ट्रेलीयालाई विश्वको सबैभन्दा ठूलो बहुसांस्कृतिक देश बन्न मद्दत र योगदान पुर्‍याउने हरेक अष्ट्रेलियालीहरूलाई सम्मान स्वरुप अस्ट्रेलीयन डे मनाउने चलन चल्दै आएको छ।

अष्ट्रेलियन डे कार्यक्रमले जिलोङ क्षेत्रका धेरै अन्य सामुदायिक समूहहरू घुलमील हुने अबसरको रुपमा रहेको जिएनएका अध्यक्ष निरज करणजीतले बताउनु भयो। अष्ट्रेलिया डे अष्ट्रेलिया अनि अष्ट्रेलियाली संस्कृति र समुदायप्रति एकताको प्रतीकको रुपमा बिभीन्न समुदायबाट मनाउँदै आइएको छ। आफ्नो मौलीक कला, परम्परा र सँस्कृतीलाई अरु समुदाएमा चिनाउन पाउनु खुसीको कुरा रहेको जानकारी गराउनु भयो।

यो पारिवारिक मैत्री कार्यक्रम हो। स्थानीय बासिन्दाहरू र परिवारहरूलाई विभिन्न गतिविधिहरू र  मनोरञ्जनात्मक कार्यक्रम मार्फत अस्ट्रेलिया दिवसको आनन्द लिने अवसरको रुपमा यस कार्यक्रमलाई हेरिएको छ।

रजिस्ट्रेसनको लागि यो लिङ्कमा थिच्नु होला।

https://www.gna.org.au/australia-day-registration/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal