eNepal

कान्छा खेलाडीको रुपमा डेव्यु गरेका दिपर्सन बने पहिलो खेलमै म्यान अफ द म्याच

१७ औं ग्रेस इन्टर्नेश्नल न्याभ कप २०२२ हाल मेल्बर्नमा सन्चालन भइ रहेको छ। गत आइतबार अर्थात् १६ जनवरी देखि सुरु भएको न्याभ क्रिकेट टुर्नामेन्टमा सबै भन्दा कान्छा उमेरका दिपर्सन केसीले पनि सहभागीता जनाएका छन्।

उमेरले भर्खर १५ औं बसन्त टेक्दै गरेका दिपर्सन केसी द हिमालय क्लवसँग आबद्द छन्।उनले मेल्बर्नको नेपाली समुदाएमा मिनी ओलम्पिकको रुपमा हेरिएको न्याभ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा उत्कृस्ठ प्रदर्शन गर्दै दोश्रो राउण्डमा आफ्नो क्लवमा पुर्याउन सफल भएका छन्।

गएको आइतबार भएको तेस्रो खेलमा नारे किङ्ग्स र द हिमालयन क्रिकेट क्लव बिच भएको खेलमा द हिमालय क्रिकेट क्लबले १४४ रन बनाएको थियो जसमा दिपर्सनले ४७ रन बनाएका थिए। उक्त खेलमा हिमालयन क्रिकेट क्लव ३८ रनले विजयी भएको थियो भने डिपर्सनलाई म्यान अफ द म्याच प्रदान गरिएको थियो।

नेपालमा जन्मेका दीपर्सन ५ वर्षको हुँदा अस्ट्रेलिया आएका थिए।उनले ८ वर्षको उमेरमा पहिलो पटक ब्याट र बल समाएको बताउँछन्। उनी भन्छन् बिस्तारै क्रिकेट खेल्न मन पर्न थाले पछि समय मिलाएर आफु भन्दा सिनीयर दाईहरुसँग पार्कमा खेल्न तम्सी हाल्थे। दिप छोटो समयमा राम्रो खेल खेल्ने खेलाडीको रुपमा परिचीत छन्। आफूले पाएको सफलतामा नआत्ती अझ धेरै   उपलब्धि हासिल गर्ने प्रयासमा छन् । राम्रो प्रदर्शनको लागि लगभग हरेक दिन उनी तालिममा हुन्छन्।

उनी हाल सनसाइन वाईसीडव्लु क्रिकेट क्लब सिनियर्स/1st XI र जुनियर्स/u17s-u18s, Rep/WRJCA:2018/2019 U14s रसेल एलेन सिल्ड र 2021/2022 u16s Jim Beitzal shield मा सहभागीता जनाइरहेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal