eNepal

अस्ट्रेलीया आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ८ हप्ताको लागि भिसा आवेदन शुल्कमा छुट

अस्ट्रेलीयाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र काम गर्ने छुट्टी मनाउनेहरूलाई अष्ट्रेलियामा आउन आह्वान गरेका छन्।राष्ट्रले श्रमशक्ति अभावको सामना गरिरहेको बताउँदै आजदेखि अष्ट्रेलिया आइपुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र काम गर्ने बिदा भिषामा आउनेहरूलाई आफ्नो भिसा आवेदन शुल्कमा छुट दिइने बताएका हुन्।

राष्ट्रमा ओमिक्रोन भेरियन्टको फैलावटको कारण बिशेष गरेर अस्पताल र हस्पिटालिटी क्षेत्रले कार्यबल अभावको सामना गरिरहेको प्रधानमन्त्री स्कट मोरिसनले बुधवारको पत्रकार सम्मेलनमा बताएका छन्।उनले आजबाट आउने सबैको भिसा आवेदन शुल्कमा छुट दिने जनाएका छन्।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बुधबारदेखि आठ हप्ताको लागि शुल्क छुट पाउने छन् भने काम गर्ने छुट्टी भिषामा आउनेहरूका लागि १२ हप्ताको लागि छुट पाउने छन्। मोरिसनले भिसा धारकहरूलाई जतिसक्दो चाँडो अष्ट्रेलिया आउन समेत आग्रह गरेका छन्।

उनले भनेका छन् “हामी चाहन्छौं कि तपाईं अष्ट्रेलियामा आउनुहोस् र अष्ट्रेलियामा छुट्टीको आनन्द लिनुहोस् – देशभरि घुम्नुहोस् र केही समय हाम्रो कार्यबलमा सामेल हुनुहोस्।”

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal