eNepal

अदालतको निर्णय पछि टेनिस खेलाडी जोकोभिचको अस्ट्रेलियन ओपन खेल्ने सपनामा पूर्णविराम

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले यो वर्षको अस्ट्रेलियन ओपन खेल्न नपाउने भएका छन्। अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई अदालतले अस्वीकार गरेपछि उनको यो बर्षको अस्ट्रेलियन ओपनको यात्रामा पूर्णविराम लागेको छ।

अस्ट्रेलियाको सङ्घीय अदालतले जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कायम राखेको छ।अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएका हुन्।

यो निर्णयसँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्।

गएको शुक्रबार अध्यागमनमन्त्री एलेक्स हकले विशेषाधिकार प्रयोग गर्दै जोकोभिकको भिसा स्थगित गर्ने निर्णय गरेका थिए। जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै भिसा रद्द गरीएको थिए।

यो निर्णयपछि अब अष्ट्रेलियाली ओपन टुर्नामेन्टमा २१ औं ग्रान्डस्लाम जित्ने उनको अपेक्षामा धक्का लागेको छ । 

अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको छ। तर जोकोभिचले भधे खोप लगाएका थिएनन्।

गएको जनवरी ६ मा पहिलो पटक भिसा रद्द हुँदा जोकोभिचले मुद्दा जितेका थिए तर शनिवार जोकोभिचलाई पुनः हिरासतमा लिइएको थियो।

अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका जोकोभिच सोमबार पुरुष एकलमा प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal