eNepal

नेपालबाट गत ५ महिनामा १ अर्ब १ करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात

नेपालबाट चालू आर्थिक वर्ष २०७८ र ७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ । कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान, कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ ।

ती मुलुकले पाल्तु कुकुरको खानाको रूपमा नेपालमा उत्पादित छुर्पी प्रयोग गर्छन् । यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा ८५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal