eNepal

हुंगा टोंगामा ज्वालामुखी विस्फोटपछी अस्ट्रेलियामा समेत सतर्क रहन आग्रह

यूजिल्याण्ड, फिजी र टोंगासमेत केही देशहरुमा विशाल ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी दिइएको थियो । यो ज्वालामुखी विस्फोट समुद्रमा भएको थियो।

टोंगाबाट सामाजिक सञ्जालमा आइरहेका तस्वीहरुमा पानीको लहर चर्च र घरहरुमाथि पुगेको देखिएको छ । प्रत्यक्षदर्शीले टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्केको खरानी जताततै देखिएको बताएका छन् । राजधानी वासीहरुलाई अग्लो स्थानमा जान अपील गरिएको छ ।

हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा पछिल्लो विस्फोट हो ।

उता, फिजीको राजधानी सुभाका अधिकारीहरुले ५०० मिल टाढाको विस्फोटको आवाज ८ मिनेटसम्म सुनेको बताएका छन् ।

टोंगाको भूगर्भ विभागले ज्वालामुखीबाट निस्केको ग्यास, धुँवा र बादल अकाशमा २० किलोमिटरको उँचाइसम्म पुगेको बताएको छ । टोंगाको राजधानी हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीबाट मात्र ६५ किलोमिटर टाढा छ ।

अष्ट्रेलियाको मौसम विभागले १.२ मिटर उँचाइसम्म सूनामी आएको बताएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीबाट २ हजार ३ सय किलोमिटर टाढाको न्यूजिल्याण्ड लगाएत अस्ट्रेलियाको पूर्वी तट र लर्ड होवे, नोर्फोक र म्याक्वेरी टापुहरूमा सुनामीको चेतावनी दिइएको छ ।

न्यू साउथ वेल्सका सबै तटीय क्षेत्रहरू र क्वीन्सल्याण्ड, भिक्टोरियन र तस्मानियाली तटहरूमा समेत सुनामीको चेतावनी दिइएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal