eNepal

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्ताको २० घण्टा भन्दा बढि काम गर्न पाउने

प्रधानमन्त्री स्कट मोरिसनले प्रभावित क्षेत्रहरूमा कार्यरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि हप्ताको २० घण्टा काम गर्ने क्याप हटाउँदै २० घण्टा भन्दा बढि काम गर्न अनुमति दिएका छन्।

राष्ट्रिय क्याबिनेटको बैठक पछि अस्ट्रलियाको आपूर्ति शृङ्खलाको दबाबलाई कम गर्न यो निर्णय गरेको हिजोको पत्रकार सम्मेलनमा बताएका हुन्।

कोभीड १९ को संक्रमण द्रुत गतीमा बढ्दै गएको पछि कामदारको अभावलाई कम गर्न, अत्यन्त आवासकिय कामलाई चलाएमान बनाइ राख्न र स्वास्थ्य प्रणालीको सुरक्षा बीचको सन्तुलन व्यवस्थित राख्न आवस्यक रहेको उनले जानकारी गराए।

गत वर्ष अष्ट्रेलिया सरकारले श्रम शक्तिमाथिको दबाबलाई कम गर्न पर्यटन, आतिथ्य र वृद्ध हेरचाह क्षेत्रमा काम गर्ने विदेशी विद्यार्थीहरूलाई काम गर्ने घण्टा प्रतिबन्ध हटाएको थियो। 

यो नयाँ घोषणासँगै सरकारले विदेशी विद्यार्थीहरूका लागि काम गर्ने घण्टा प्रतिबन्धहरू हटाएको छ।

अष्ट्रेलियामा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू रिटेल, उत्पादन, आतिथ्य, सरसफाई, रेस्टुरेन्ट र वृद्ध हेरचाह क्षेत्रमा काम गर्छन्। ओमिक्रोन भाइरसको फैलावटका कारण यी क्षेत्रहरूमा कामदारको कमी भए पछि यो नियम लागु गरिएको हो।

https://fb.watch/awp9Awqn3_/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal