eNepal

दक्षिण अस्ट्रेलियामा झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन

दक्षिण अस्ट्रेलियाको अनस्लोमा बिहीवार झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन भएको छ ।मार्डी र रोबननामका दुई शहरमा बिहीवार ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन भएको  छ ।

योभन्दा अगाडि सन् १९६२ मा पनि त्यहाँ ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । पानी नपरेर तातो हावा फैलिएकाले मार्डी र रोबन शहरमा बढी तापक्रम मापन गरिएको हो ।

तापक्रम बढेपछि मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ भने बाहिर निस्कन परेमा सितल छायाँमा बस्न र सितल झोलिलो पदार्थ खानका लागि भनिएको छ । अस्ट्रेलियाको विभिन्न ठाउँमा डढेलो फैलनुका साथै जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको विज्ञले बताएका छन् ।

अहिले पनि मारगेट नदी आसपासको ६ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गलमा डढेलो लागिरहेको छ । त्यस आसपास क्षेत्रमा पानी कम मात्रै पर्ने गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अस्ट्रेलियाको अहिलेको औसत तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा एक दशमलव दुई डिग्री सेल्सियसका दरले तापक्रम बढ्दै गएको विज्ञले बताएका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal