eNepal

भिक्टोरीयामा आज रातीबाट पुन: लगाइदै छ यी प्रतिबन्ध

ओमिक्रोन भेरियन्ट बढेसँग भिक्टोरियामा पुन: कोभीड १९ प्रतिबन्धहरुमा परिबर्तन हुने भएको छ।

आज राती ११:५९ बजे देखि आतिथ्य र मनोरन्जन स्थलहरूमा विवाह बाहेक भित्री डान्स फ्लोरहरू बन्द हुने छन् भने अस्पतालहरूमा आउने आगन्तुकहरूले खोप लगाएको हुनुपर्नेछ र प्रवेश गर्नु अघि एन्टिजेन परीक्षण नकारत्नक आएको हुनुपर्नेछ।

कोभीड १९ ज्याब नलगाएको वयस्कहरूले अस्पतालहरू जाँदा N-95 मास्क लगाउन पर्ने छ।

वृद्ध हेरचाह गृहमा आगन्तुकहरूले प्रवेश गर्नु अघि नकारात्मक RAT नतिजा देखाउन पर्नेछ भने मानिसहरूलाई सम्भव भएसम्म घरबाट काम गर्न र अध्ययन गर्न सल्लाह दिइएको छ।

मानिसहरूलाई व्यस्त ठाउँहरूमा प्रवेश गर्नु अघि आफैले एन्टिजेन परीक्षण गर्न सल्लाह दिइएको छ।

आइसोलेसन नियमहरूमा परिबर्तन गर्दै खुद्रा सुपरमार्केटका कामदार, लगायत खाद्यान्न र पेय पदार्थहरूको उत्पादन, वितरण वा प्याकेजिङ गर्ने कामदारहरूलाई कोभिड-१९ नजिकको सम्पर्कमा आएमा अलग्गै बस्नबाट छुट दिइएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal