भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ४० हजार १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २१ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६१ हजार ३ सय २३ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २ लाख ९ हजार ७ सय १५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ५ सय ४७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५१ लाख ८८ हजार ७ सय ७४ पुगेको छ।
त्यस्तै ९ सय ४६ जना अस्पतालमा छन् भने ११२ जनाको आइसीयुमा उपचार भइ रहेको छ।

