eNepal

अमेरिकाको बाल्टिमोर निवासी एक पुरुषमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण

अमेरिकाका एक पुरुषमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड ब्यानेटलाई अनुवांशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

चिकित्स टोलीले ७ घन्टा लामो शल्यक्रिया गरी मुटुको प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपण नै व्यानेटको जीवन रक्षा गर्ने एक मात्रै विकल्प भएको चिकित्सकहरुले बताएका छन् ।

सुँगुरको मुटु प्रत्यारोपणपछि ब्यानेटको दीर्घ जीवन हुन्छ कि हुँदैन अझै निश्चित भएको छैन । तर प्रत्यारोपणको तीन दिनमा उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ ।

शल्यक्रिया गर्नु एक दिन अघि ब्यानेटले मर्नु वा प्रत्यारोपण गर्नु एक मात्रै विपल्प आफूसँग भएकाले आफूले प्रत्यारोपणलाई रोजेको बताएका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal