भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ३७ हजार ९ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ५९ हजार ६ सय ७० जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ७१ हजार ३ सय ६९ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १६ हजार ४ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५१ लाख ६२ हजार ८ सय ५७ पुगेको छ।
त्यस्तै ८ सय ६१ जना अस्पतालमा छन् भने ११७ जना आइसीयुमा उपचार भइ रहेको छ।

