eNepal

जोकोभिकको पक्षमा अदालतको फैसला

अष्ट्रेलियाको अदालतले टेनिस खेलाडी नोभाक जोकोभिकलाई अध्यागमन हिरासतबाट रिहा गर्न सरकारलाई आदेश दिएको छ ।

अदालती आदेशपछि अब जोकोभिक अष्ट्रेलियामै रहन पाउनेछन् । यसैसाता अष्ट्रेलिया सरकारले जोकोभिकले खोप प्रोटोकल पालना नगरेको र उनले अष्ट्रेलिया छाड्नुपर्ने निर्णय गरेको थियो । सरकारको निर्णयलाई जोकोभिकले कानूनीरुपमा चुनौति दिएका थिए ।

न्यायाधीश एन्थोनी केलीले ३० मिनेट भित्र जोकोभिकलाई हिरासतमुक्त गर्न र राहदानी तथा कागजात फिर्ता गर्न आदेश दिएका हुन् । अदालतको आदेशपछि अष्ट्रेलियन ओपनमार्फत २१ औं पटक ग्रान्डस्लाम टाइटल जित्ने उनको आशा पलाएको छ ।

गत बिहीबारदेखि जोकोभिक सरकारको डिटेन्सन होटलमा थिए । उनका वकिललाई भर्चुअलमाध्यममार्फत पैरवी गर्न अनुमति दिइएको थियो । २० पटक ग्राण्ड स्लामको उपाधि जितिसकेका उनले थप कीर्तिमानका लागि खेलमा फर्कन पाएका हुन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal