eNepal

आगन्तुक र अस्थायी भिसाधारीलाई अनिबार्य स्वास्थ्य बीमा लिन एम्डाको अनुरोध

अष्ट्रेलियामा आगन्तुक भिसामा रहेका वा अस्थायी भिसामा रहनु भएका नेपाली नागरिकहरूलाई स्वास्थ्य बीमा अनिबार्य लिन अस्ट्रेलियन नेप्लिज मेडीकल एण्ड डेन्टल एसोसीयसन (एम्डा)ले अनुरोध गरेको छ।

स्वास्थ्य बिमा नभएको वा अपर्याप्त स्वास्थ्य बीमाका कारण चर्को चिकित्सा शुल्क तिर्न  पर्ने अवस्था आउन नदिन सबै नेपाली समुदाएलाई यो सुचना जारी गरेको हो।

सीमा प्रतिबन्धहरू खुकुलो हुँदै जाँदा  स्थायी बासिन्दा, अस्थायी बासिन्दा वा विद्यार्थीहरूका अभिभावकहरू अष्ट्रेलिया आउने क्रम बढ्दो रुपमा रहेको छ। त्यसैले भोलीका दिनमा कदमकदाचित बिरामी भएर अस्पताल भर्ना हुनु परेमा महङ्गो रकम आफ्नो गोजीबाट तिर्न पर्ने अबस्था बिगतमा देखिएको र यो हुन नदिन परिवारका सदस्यहरू, आफन्तहरू, र छोटो वा लामो अवधिको लागि अष्ट्रेलिया भ्रमण गर्ने साथीहरूको लागि सही प्रकारको स्वास्थ्य बीमा गर्न एम्डाले बिशेष अनुरोध गरेको छ।

प्रेस बिज्ञप्तीमा भनिएको छ अस्ट्रेलियाली नागरिक र स्थायी बासिन्दाहरूलाई मेडिकेयर जुन चाँही सरकारी बीमा कार्यक्रम अन्तर्गत पर्ने हुनाले सबै स्वास्थ्य उपचार मेडिकेयरले समेट्छ तर आगन्तुक वा अस्थायी भिसामा रहेका व्यक्तिहरुको हकमा भने स्वास्थ्य बीमा गरेर आफु सुरक्षीत हुन आग्रह गरेको छ।

अप्रत्याशित र सम्भावित रूपमा ठूला मेडिकल बिलहरू वा ऋणहरूबाट बच्न निजी स्वास्थ्य बीमाको महत्त्वलाई बिशेष प्राथमिकता दिदै यो बिज्ञप्ती जारी गरेको छ।थप जानकारीको लागि गृह विभागको वेबसाइटमा हेर्न सक्नु हुनेछ।

https://immi.homeaffairs.gov.au/help-support/meeting-our-requirements/health/adequate-health-insurance

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal