नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको बहुप्रतिक्षित र प्रतिष्ठित खेलकुद प्रतियोगिता “१७औँ एनएभी क्रिकेट कप २०२२” भिक्टोरीयामा कोरोना सङ्क्रमितको संख्या बढेसँगै एक हप्ता पछाडी सारीएको छ।
आँउदो ९ जनवरीबाट प्रतियोगिता शुरु गर्नका लागि सम्पुर्ण तयारी पुरा हुँदै गर्दा भिक्टोरीयामा बढ्दो कोरोना सङ्क्रमितको सङ्ख्या र कोविडको बढ्दो प्रभावले सिर्जना गरेको अपरिहार्य परिस्थितिलाई मध्य नजर लगाउँदै तत्काललाई स्थगित गर्दै आगामी १६ जनवरीबाट पुन: शुरु गरिने न्याभका उपाध्यक्ष एवम् न्याभ कप संयोजक प्रेमराज उप्रेतीले जानकारी गराउनु भयो।
साथै भिक्टोरीयन सरकार स्वास्थ्य बिभागले जारी गरेका कोभीड सम्बन्धि सबै नियम पालना गर्दै प्रतियोगीतालाई भव्य रुपमा कोभीड फ्री प्रतियोगिताको रुपमा मनाउने पनि जानकारी गराउनु भयो। समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्न र COVID-19 को जोखिम न्यूनीकरण गर्न उपस्थित सबै खेलाडी एवम् अतिथीहरूले दोहोरो खोप लगाइएको र कोभीड सेफका नियमलाई पालना गर्न समेत अनुरोध गर्नु भएको छ।

द ग्रेस इन्टर्नेश्नल मुख्य प्रायोजन एवम् डेस्टीनी लिभीङको सहप्रायोजन रहेको १७ औं न्याभ कप प्रतियोगितामा दश नेपाली क्रिकेट क्लबहरु गोर्खाली क्रिकेट क्लब, एक्सपर्ट सागरमाथा क्लब, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन, द हिमालयन क्लब, रोयल राइनोज क्रिकेट क्लब, फरवेस्ट हन्टर्स , ग्लोबल इन्टरफेस क्रिकेट क्लब, माभेन क्रिकेट क्लब र नर्रे किंग्सको सहभागिता रहेको छ ।
यस वर्षको न्याभ क्रिकेट कपले बिभीन्न च्यारिटी म्याचहरुका साथै युगल जोडी प्रतियगितापनि सन्चालन हुनेछन्। च्यारिटी म्याच मार्फत उठेको सहयोग रकम भिक्टोरीयावासी नेपाली समुदाएको गौरवको रुपमा रहेको “नेपाली सामुदायिक केन्द्र” प्रवर्द्धन गर्न सहयोग गरिदैछ। यस प्रतियोगितामा पहिलो हुने टिमलाई नगद २००० र दोश्रो हुने टिमलाई नगद १००० नगद राशीका साथमा ट्रफीको व्यवस्था गरिएको छ।

