eNepal

भिक्टोरीयामा कोरोना संक्रमितको संख्या २१,७२८, सिड्नीमा ३८,६२५

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २१ हजार ७ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ६८ हजार २ सय २ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ६९ हजार ६ सय ८० रहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २० हजार ७ सय २६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५० लाख ९६ हजार ५ सय १८ पुगेको छ।

हिजो  मध्यरातदेखि भिक्टोरियामा मानिसहरूको भेला हुने सङ्ख्याको सीमा तोकिएको छ भने एन्टीजेन परीक्षण रिपोट पोजेटिभ आए राज्यको स्वास्थ्य विभागमा अनिवार्य जानकारी गराउनु पर्ने नियम लागु गरिएको छ।

त्यस्तै न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ३८ हजार ६ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको निधन भएको न्यु साउथ वेल्स स्वास्थ्य बिभागले जनाएको छ।

१३४ जनाको आइसियुमा उपचार भइरहेको छ भने १७३८ जना अस्पतालमा भर्ना भएका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal