eNepal

फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला

फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् । मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा नयाँ भेरियन्टको नाम समेत आईएचयू वा ‘बी. १६४०.२’ राखिएको छ ।

हालसम्म १२ जनामा आईएचयू भेरियन्टको संक्रमण पुष्टि भएको र संक्रमितमध्ये कतिपयलाई अस्पताल भर्ना गरिएको एनजेडहेराल्ड डटकममा उल्लेख छ ।

समाचार अनुसार अफ्रिकी मुलुक क्यामरुनबाट भएको यात्रासँग आईएचयू भेरियन्ट जोडिएको विश्वास गरिएको छ । ४६ पटक म्युटेसन भइसकेको हुँदा यो भेरियन्टले कोभिड-१९ का विद्यमान खोप छल्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

आईएचयू भेरियन्ट ओमिक्रोन झैं तीव्र गतिले नफैलिएको पनि समाचारमा उल्लेख छ । हालसम्म फ्रान्समा बाहेक यो भेरियन्ट अन्यत्र फैलिएको छैन । तर बेलायतमा यो भेरियन्ट प्रवेश गरिसकेको भन्दै केही अपुष्ट दाबी समेत भइरहेका छन् ।

गत महिना अनलाइनमा पोष्ट गरिएको शोधपत्रमा आईएचयूबारे विस्तृत विवरण राखिएको छ । शोधपत्र अनुसार नोभेम्बरमा क्यामरुनबाट फर्केका एक पुरुषमा पहिलो पटक आईएचयू भेरियन्ट देखा परेको थियो । तर उक्त शोधपत्र हालसम्म कुनै मेडिकल जर्नलमा प्रकाशित गरिएको छैन ।

आईएचयू ओमिक्रोनभन्दा के-कति संक्रामक छ र खोपलाई छल्न सक्छ वा सक्दैन भनेर हालसम्म प्रस्ट भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले समेत आईएचयू भेरियन्टलाई आफ्नो अनुसन्धानको दायरामा राखेको छैन ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal