eNepal

अष्ट्रेलियामा एकैदिनमा ४७ हजार बढी कोरोना संक्रमित थपिए

अष्ट्रेलियामा एकैदिनमा ४७ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४७ हजार ८ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अष्ट्रेलियन सरकार स्वास्थ्य बिभागले दिएको जानकारी अनुसार न्यु साउथ वेल्समा ८३ हजार ३ सय ७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

त्यस्तै भिक्टोरियामा ६० हजार ५ सय १५ जनाको स्वाब परीक्षण गर्दा १४ हजार २० जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ सक्रिय संक्रमितको संख्या ४८ हजार २ सय ९७ छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

यस्तै क्वीन्सल्याण्डमा ३३ हजार ३ सय १२ को स्वाब परीक्षणबाट ५ हजार ६ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । तास्मनियामा सोमबार ७०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने सक्रिय सङ्क्रमितको संख्या २ हजार २ सय ४४ रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal