eNepal

जिएनएले लाईफ सेभिङ भिक्टोरियाको सहयोगमा पानी सुरक्षा सम्बन्धी कार्यक्रम गर्दै

जिलोङ नेप्लिज एसोसिएसनले गएको वर्ष जस्तै यस बर्ष पनि जिवन बचाउने तरिका र पानी सुरक्षा सन्देश दिने हेतुले आगामी ९ जनवरी बिहान १० बजे देखी २ बजे सम्म Fisherman’s  Beach, Torquay मा एक बिषेश कार्यक्रम आयोजना गर्ने भएको छ। 

जीवन बचाउने तरिकाहरू र पानी सुरक्षाबारे नेपालीहरुलाई शिक्षित गर्न जिलोङ नेपाली एसोसिएसन (जीएनए)ले लाईफ सेभिङ  भिक्टोरियाको सहयोगमा पानी सुरक्षा शिक्षा र समुद्री तट कार्यक्रम २०२२ गर्न लागेको हो ।

यो कार्यक्रममा लाईफ सेभिङ  भिक्टोरियाका योग्य प्रशिक्षकहरूले चार घण्टाको व्यावहारिक तालीम दिनेछन्। 

समुद्र तट कार्यक्रम व्यावहारिक सत्र हो जसमा पानी सुरक्षा प्रस्तुती, लाइफजेकेट,  उद्धार प्रविधि , बोर्ड प्याडलिंग र समुद्री किनारका खेलहरू समावेश रहने छन्।पानीको मज्जा लिदा सुरक्षित कसरी रहन भनेर सिक्न सहभागीहरू पानीमा नै जानु पर्ने हुन्छ । यस्ता गतिविधिहरू विशेष गरी पौडी खेल्न नजान्नेहरुको लागि डिजाइन गरिएको हुन्छ जहाँ पानीमा प्रयोग गर्ने उपकरणहरू को पनि ब्यबस्था हुनेछ । 

बिशेषत: गर्मीयामको बेलामा मानिसहरु समुन्द्रमा पौडी खेल्न जान रुचाउँनेहरु अत्याधिक मात्रामा हुन्छन्। बर्षेनी नेपालीहरु समुन्द्रमा डुबेर मृत्युबरण गरेका समाचारहरु सुन्नमा आउँछ। समुन्द्रतटमा जाँदा थाहा पाउन पर्ने सामान्य ज्ञान र थोरै सावधानी नअप्नाउँदा अकालमै ज्यान गुमेको सङ्ख्या बर्षेनी बढेको सुन्नमा आउँछ। त्यसैले यो कार्यक्रम पानीमा जानका लागि अप्नाउनु पर्ने सुरक्षाहरुलाई आधार मानेर डिजाइन गरिएको छ। 

यस कार्यक्रममा सहभागीहरुले पौडी खेल्नका लागि नियमित’ समुद्री पोशाक प्रयोग गर्न प्रोत्साहित गरिएको छ, तर आफ्नो सहजताको लागि सहभागीहरूले टी-शर्ट र लामो सर्ट अनि महिलाहरुले पनि हेडवेयर लगाउन सक्नेछन्।

जिलोङ नेपाली एसोसिएसनले बार्वेक्युको साथमा गर्न लागेको यस जिवन उपयोगी कार्यक्रमले निश्चय पनि समुन्द्रमा पौढी खेल्न जाँदा जान्न पर्ने सामान्य तर अत्यन्त उपयोगी तालीमबाट धेरैले लाभान्वित हुनेमा बिस्वस्त हुनुहुन्छ अध्यक्ष निरज करणजित।

उहाँ भन्नुहुन्छ – “हामी बढीमा तीस जनालाई सहभागीता जनाउने लक्ष्यमा छौ। तीस जनाको कोटा भएपछि दर्ता प्रक्रिया बन्द गरिनेछ। त्यसैले यस कार्यक्रमबाट फाइदा लिन सकुन भन्ने हेर्न चाहन्छौ”। प्रशिक्षण निशुल्क छ तर दर्ता भने आवश्यक रहेकोले इच्छुक व्यक्तिहरुले समयमानै दर्ता गरेर आयोजकलाई सहज बनाउन अनुरोध गर्नु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal