eNepal

सेफ सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधी

बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ को उपाधी सेफ सन्तोष साहले जितेका छन्। सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हात पारेका  हुन् । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।

सन्तोषले कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न सात प्रकारका तरुवा, तिलौरी बिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकारका विशुद्ध मौलिक नेपाली परिकारहरू पस्केका थिए । आफ्नी आमाले बनाएर खुवाएको खानेकुरालाई नै परिस्कृत गर्दै प्रतियोगितामा सहभागी भएका थिए । करिब पाँच महिना नेपाल बसाइमा क्रममा आफूले बटुलेका नेपाली खानाको अध्ययनको आधारमा यस पटकको प्रतियोगितामा सहभागी भएको सन्तोषले बताए ।  

बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘ ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उनी उपविजेता बनेका थिए । यसअघि पनि निर्णायक मण्डलको मन जित्न सफल सन्तोषले यसपटक मन मात्रै जितेनन् आफूलाई विजयी बनाउन समेत सफल भए ।

यसअघिको  कार्यक्रममा सन्तोषले फाइनलसम्म पुग्दा अक्टोपस, जिम्बुले मोलेको पोलेको खसीको मासु, रायोको साग, पुदिना पराठा, सांधेको भटमास, क्रिस्पी प्याज, पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा, गंगटाको ‘करी’ टिमुर स्पाइस्ड् अक्ट्पस वीथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार जस्ता मौलिक नेपाली परिकारलाई नेपाली खानाको रुपमा प्रदर्शन गरिसकेका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal