eNepal

हाम्रो नेपाली पाठशालाको वार्षीक साधारणसभा सम्पन्न, रवीन अधिकारी अध्यक्षमा चयन

मेल्बर्नको पूर्वी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाएबाट सन्चालित हाम्रो नेपाली पाठशालाले गएको शनीवार डिसेम्बर १८ का दिन बार्बेक्युको साथमा वार्षिक साधारण सभा सम्पन्न भएको छ।

नयाँ कमिटीको अध्यक्षमा रविन्द्र अधिकारी, उपाध्यक्षमा ममता क्षेत्री, कोषाध्यक्षमा केशवराज राजुरिया, सचिवमा लीना गुभाजु चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा पार्वती उप्रेती, वनिता शेरचन, भूपाल केसी, शर्मिला घिमिरे, सन्देश श्रेष्ठ, प्रकाश शाही, रवीन्द्र श्रेष्ठ, मुना आचार्य, मित्र पर्साइ र हरिदेव कार्की चुनीनु भएको छ।

कार्यक्रममा कोषाध्यक्ष केशव राजुरियाले आर्थिक प्रतिवेदनको बुझाउनु भएको थियो भने उपाध्यक्ष ममता केसीले स्वागत मन्तव्य राख्नु भएको थियो।अर्का उपाध्यक्ष रविन्द्र अधिकारीले सबैको प्रयासको प्रशंसा गर्नुभएको थियो।

कार्यक्रममा अस्ट्रेलीया नेपाल बहुसाँस्कृतीक केन्द्रका अध्यक्ष राजेश आचार्यले एएनएमसीको पछिल्लो अवस्थाका बारे जानकारी गराउँदै समुदायको लागि नेपाली सामुदायीक केन्द्रको महत्त्वको बारेमा प्रकाश पार्नु भयो।

 

शिक्षीका पार्वती उप्रेतीले चुनौतीपूर्ण समयको बाबजुद पनि समितिका सदस्य, अभिभावक र बालबालिकाहरूको प्रयासको प्रशंसा गर्नुभएको थियो भने अर्का शिक्षक अभिषेकले बच्चाहरूसँग प्रत्यक्ष भेट्न पाउँदा खुसी व्यक्त गर्दै विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्नुभयो। उहाँले अझै केही वर्ष पाठशालासँगै रहने आश्वासन दिनुभयो। 

 

कार्यक्रमको अन्तमा निबर्तमान अध्यक्ष रवीन्द्र श्रेष्ठले पाठशाला र शैक्षिक यात्राको बारे संक्षिप्त जानकारी दिदै पाठशालाको लागि कोष ल्याउन, बिभीन्न कार्यक्रम सञ्चालन गर्न र समुदायको विकास गर्न मद्दत गर्ने निस्वार्थ सेवामा संलग्न सबै व्यक्तिहरूको प्रशंसा गर्दै आफू अध्यक्ष नभई सदस्य नै रहेर आगामी दिनमा पाठशालालाई सहयोग गर्ने प्रतिबद्दता जनाउनु भयो।

अभिभावक र बिधार्थीहरुको उपस्थितीमा गरिएको बार्बेक्यूमा कोभीडको कारण लामो समय सम्म एकअर्का सँग भेट हुन नपाएका अभिभावक र बिधार्थीको पुन: मिलनले माहोल धेरै रमाइलो देखिएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal