eNepal

एनबीएले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिदै तास्मानियामा साइकिलिङ कार्यक्रमको आयोजना गर्ने

नेप्लीज बिजनेस एसोसिएसन अफ तास्मानिया (एनबीए)ले ‘साइकिलिङ’ तथा जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । एनबीएले क्रिसमसको अपसर पारेर यही डिसेम्बर २५ तारिखका दिन उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

संसार नै कोरोना भाइरसका कारण आक्रान्त बनिरहेका बेला तास्मानियामा रहेका नेपाली मुलका व्यवसायीहरु पनि त्यसबाट अछुतो रहन सकेनन् । यो वर्ष व्यवसाय तथा उद्धम गर्न नेपालीहरुलाई अति नै चुनौती रहेको अवस्थामा एनबीएले नयाँ वर्षको शुभकामना तथा ‘मेन्टल हेल्थ’लाई पनि सहयोग हुने तरिकाले साइकल र्याली गर्न लागेको हो । कार्यक्रमले यहाँका स्थानीय व्यवसायीहरुबीच सहकार्य तथा समून्वय हुने विश्वास संस्थाले लिएको छ ।

अहिलेको समयमा मुख्यतया व्यवसायमा आधारभुत तरिकाले लागिरहेका नेपालीहरु तथा सम्पूर्ण समूदायमा ‘मेन्टल हेल्थ’को निकै ठुलो भूमिका रहेको अवस्थमा कार्यक्रमले उक्त समस्यालाई सहयोग गर्ने आशा गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले एक घण्टा साइकिलिङ गर्नेछन् । साइकिलिङको रुट Montrose Foreshore Park-Amart furniture overhead Bridge -Intercity cycle track-Driscoll street Reserve रहेको छ । साथै Montrose foreshore park मा बार्बिक्यू तथा जलपान कार्यक्रमको पनि रहेको संयोजक अरुण आचार्यले जनाएका छन् । यस कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक महानुभावहरुले इओआई फर्म भर्नाका लागि संयोजक अरुण आचार्यले अनुरोध गरेका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal