eNepal

धादिङ समाज अस्ट्रेलिया भिक्टोरीयाको भेटघाट एवम् बार्बिक्यू कार्यक्रम सम्पन्न

नजिकीदै गरेको क्रिसमस एवम् नयाँ बर्ष २०२२ को अवसर पारेर धादिङ घर भई अस्ट्रेलियाको भिक्टोरीयामा बसोबास गर्ने नेपालीहरुको साझा सँस्था धादिङ समाज अस्ट्रेलिया भिक्टोरीयाले समुदाएका सदस्यहरुसँग शुभकामना आदान प्रदान  एवम् बार्बेक्यु कार्यक्रम सम्पन्न गरेको छ।

217 Camp Road, Broadmeadows  मा दिउँसो १२ बजेदेखि साँझ ४ बजेसम्म संचालन भएको कार्यक्रममा धादिङ्ग घर हुनुभएका समुदायका अगुवा तथा अस्ट्रेलिया नेपाल पब्लिक लिङ्कका अध्यक्ष निराजन गौली, पत्रकार एवम् अस्ट्रेलियन नेप्लिज बहुसाँस्कृतीक केन्द्रकी उपाध्यक्ष निरु त्रिपाठी, दिवाकर दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

भिक्टोरिया संयोजक विनोद पौडेलले कार्यक्रममा देखाउनु भएको सद्भाव, सहयोग र उपस्थितीका लागि बिशेष आभार प्रकट गर्दै आगामी दिनमा पनि यसरी नै सहयोगको अपेक्षा राखेका बताउनु भयो। कोरोना माहामारी पछि सम्पूर्ण धादिङ्ग बासीहरूको एकै ठाउँमा प्रत्यक्ष भेटघाट र परिचय गर्ने अवसर जुरेकोमा खुसी व्यक्त गर्नु भयो।

समाजले नेपालमा विशेष गरी धादिङमा आपतमा परेकाहरुलाई आर्थिक लगाएत प्रकृती बिपत्ती परेको बेला र कोरोना संकटमा समेत सहयोगको बलियो उपस्थिति जनाउँदै आएको छ र यसलाई निरन्तर अघी बढाउने अठोट लिएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal