eNepal

नेप्लिज असोसिएशन अफ एग्रिकल्चर इन अस्ट्रेलियाको परिचयात्मक अन्तरक्रिया कार्यक्रम

अस्ट्रेलियामा कृषि, वन र वातावरण क्षेत्रमा कार्यरत पेशागत विज्ञहरुको संगठन (नेप्लिज असोसिएशन अफ एग्रिकल्चर, फरेस्ट्री एण्ड इन्भाईरोमेन्ट इन अस्ट्रेलिया, जसलाई छोटकरीमा ‘नेपाफ’ भनेर चिनिन्छ) ले नेपालका विभिन्न विश्वबिद्यालय र कृषि, बन र वाताबरण क्षेत्रका बिज्ञहरुलाई संस्थाको मानार्थ सदस्यको रुपमा मनोनित गरिसकेपछि पहिलो पटक उहाँहरुसंग यहि २०२१ डिसेम्बर १८ का दिन एक परिचयात्मक अन्तरक्रिया कार्यक्रम संचालन गर्यो।

सो कार्यक्रममा मानार्थ सदस्यहरु कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरबाट प्रोफेसर डा. कल्याणी मिश्र त्रिपाठी, कृषि तथा पशु विज्ञान प्रतिष्ठान, कीर्तिपुरका प्रमुख प्रोफेसर भार्गव धिताल, सुदूरपश्चिम विश्वविद्यालयका डीन डा. लाल प्रसाद अम्गाई, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्ले,  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. सिन्धु प्रसाद ढुंगानाको उपस्थिति रहेको थियो भने उहाँहरुले आफ्नो संस्थाले कृषि, बन र वाताबरणको क्षेत्रमा के कस्तो साझेदारी गर्न सकिन्छ भन्ने सुझाव दिनु भएको थियो। 

सो अन्तरक्रिया कार्यक्रममा कृषिको विभिन्न विधामा लामो अनुभव प्राप्त गर्नु भएका व्यक्तित्व एबम नेपाफका अध्यक्ष डा. जगदीश तिम्सिनाले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै सो कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो।  त्यसैगरी संस्थाका सचिव डा. सिताराम घिमिरेले संस्थाको उद्देश्य, हालसम्मका गतिविधिहरु र भावी योजनाहरुको बारेमा जानकारी दिनु भएको थियो।

संस्थाका सदस्य डा. एकिन्द्र तिमिल्सेनाले नेपाफको वेबसाइट, फेसबुक पेज र LinkedIn पेजको बारेमा जानकारी दिनु हुदै सो वेबसाइट र सामाजिक संजालहरुलाई कसरी कृषि, बन र वाताबरण सम्बन्धी सूचना आदान प्रदान र ती बिषयमा भएका अध्ययन, अनुसन्धान र बिकासलाई समेट्ने थलोको रुपमा प्रयोग गर्न सकिन्छ भनेर सुझाव माग्नु भएको थियो। अन्य सदस्यहरुमा प्रोफेसर टेक मरासेनी, डा. ठाकुर भट्टराई र डा. अनीता प्रधानको उपस्थिति थियो। 

सबै सहभागीहरुले नेपाल र अस्ट्रेलियामा आफ्नो व्यावसायिक जीवन र आफ्नो विशेषज्ञताको बारेमा जानकारी दिनुका साथै नेपालको कृषि, बन र वाताबरणको क्षेत्रमा अध्ययन, अनुसन्धान र सहकार्यमा कसरी योगदान पुर्याउन सकिन्छ भनेर आ-आफ्नो धारणा राख्नु भएको थियो। नेपाफको निमन्त्रणालाई स्वीकार गर्दै सो कार्यक्रममा सहभागी सबैलाई संथाका सदस्य तथा University of Southern Queensland का प्रोफेसर टेक मरासेनीले उहाँहरु सबैको मूल्यवान सुझाव र सहभागिताको लागि धन्यबाद ज्ञापन गर्नु भएको थियो।

नेपाफको बारेमा थप जानकारीका लागि यो लिंकमा जानुहोस् –

https://nepafe.org.au/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal