eNepal

दिदीबहिनी समाजद्वारा ग्लेनरोय युनाइटिङ चर्च काउन्सिलका सदस्यहरुलाई सम्मान

दिदीबहिनी समाज भिक्टोरीयाद्वारा बिगत पाँच बर्षदेखी सामाजिक कार्य गर्नको लागि भेटघाट स्थल प्रदान गर्दै आएको ग्लेनरोय युनाइटिङ चर्च काउन्सिलका सदस्यहरुलाई कृतज्ञताको साथ सम्मान गरेको छ।

दिदीबहिनी समाजले चर्चका सदस्यहरुलाई एकताबद्ध गर्दै डिसेम्बर १२ गते आइतबारका दिन दिवाभोज गरेको थियो । कार्यक्रम ग्लेनरोय युनाइटिङ चर्च हलमा आयोजना गरिएको थियो।

समाजकी अध्यक्ष डा. जमुना पराजुलीले कार्यक्रमको शुरुवात मायाँको चिनो नेपाली परम्परागत औपचारिक स्कार्फ “खदा” लगाएर स्वागत गर्दै छोटो स्वागत मन्तव्य दिनु भएको थियो।

कार्यक्रममका विशेष अतिथिहरूमा युनाइटिङ चर्च काउन्सिलका सदस्यहरू र केही नेपाली समुदायका सदस्यहरू समावेश थिए। लंच कार्यक्रममा अतिथीहरुबाट नेपाली खाना र प्रत्यक्ष संगीतको आनन्द लिनका साथै नेपाली सांस्कृतिक नृत्य र गीतहरु प्रदर्शन गरिएको थियो।समुदायका सदस्यहरू र चर्च बीचको सम्बन्ध अझ बढी प्रघाढ र सुमधुर बनाउने उदेश्यका साथ गरिएको कार्यक्रममा करिब ५० जना सहभागी थिए ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal