भिक्टोरिया राज्यमा आज रातीबाट खोप लगाएको प्रमाण पत्र अनिबार्य देखाउन पर्ने नियममा केही सहज हुने भएको छ। आज मध्यरातबाट खुद्रा पसलहरुका साथै रियल स्टेट, पूजा गर्ने ठाउँहरू, विवाह र अन्त्येष्टिहरूमा खोप लगाएको प्रणामपत्र देखाउन आवश्यक पर्दैन। यद्यपि अन्य सबै आउटडोर सेटिङहरूमा भने माक्स अनिबार्य गरिएको छ।
भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार खोप नलगाएका मानिसहरूले पनि अब भिक्टोरियन रिटेल स्टोरहरूमा जान अनुमति दिइएको छ तर मास्क भने लगाउन अनिवार्य रहनेछ। यो सँगै भिक्टोरियन सरकारले राज्यको कोभीड १९ प्रतिबन्धहरुमा व्यापक परिवर्तन गर्दै क्रिसमसको समयमा खुद्रा पसलहरुमा जान सहजता बनाएको छ।
रेस्टुरेन्ट, क्याफे र बारहरूमा भने अझै पूर्ण रूपमा खोप लगाइएका व्सक्तिहरुलाई मात्र खुला गरिएको छ भने कर्मचारीहरूले मास्क अनिबार्य लगाउन पर्नेछ।

