eNepal

नेपाली जनप्रगतिशिल मण्च भिक्टोरीयाको अध्यक्षमा गौतम लामिछानेको नेतृत्वमा नयाँ कार्य समिती गठन

नेपाली जनप्रगतिशिल मञ्च भिक्टोरियाले ( NPPF Victoria) मेलबर्नको कोबर्ग लेकमा गएको आइतबार भेटघाट एवम् बार्बीक्यू (BBQ ) कार्यक्रम सम्पन्न गरेको छ। उक्त भेटघाट समारोहले नेपाली जनप्रगतिशिल मञ्च भिक्टोरियाको नयाँ कार्य समिती समेत गठन गरेको छ।

समितीको अध्यक्षमा गौतम लामिछाने, उपाध्यक्षमा सजना महान्धर, सचिवमा जगदीश देवकोटा, कोषाध्यक्षमा मनोज पौडेल, सह सचिवमा बिराज थापा लगायत २९ जनाको समिति गठन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत चन्द्र योन्जोन, एनएमसीका अध्यक्ष राजेश आचार्य, न्याभका अध्यक्ष राम गुरुङ, जनसम्पर्क समितिका अध्यक्ष बिनित शर्मा, एएनपीएलका अध्यक्ष निराजन गौली, चितवन समाज भिक्टोरीयाका अध्यक्ष अनुपम पाठक एनआरएन भिक्टोरियाका सचिव गणेश कँडेल, एनआरएनए आईसीसीका सदस्यीय नारायण काफ्ले, प्रेम कँडेल, न्याभका निबर्तमान अध्यक्ष तारा गैरे, डा. महेश भण्डारी, दुर्गा आचार्य लगायत भिक्टोरिया मेलबर्नका अग्रज शुभचिन्तकहरुको उपस्थिती रहेको थियो।

शुभकामनाका दिने क्रममा चन्द्र योञ्जनले खुशी ब्यक्त गर्दै समुदायका लागि हाम्रो गौतम भाइ जस्तो दुइचारजना निस्वार्थ लिडरहरु हुने हो भने समुदायमा धेरै राम्रो राम्रो काम गर्न सजिलै सकिने बताउनु भयो।यस्तै राजेश आचार्यले खुशी साटासाट गर्दै एनपीपीएफ भिक्टोरियाको समितिलाई शुभकामना दिनुभयो। 

कोरोना लाकडाउनको उकुस मुकुसबाट रमाउदै धेरै समय पछि यति राम्रो व्यवस्थापन गरिएको बार्बीक्यू कार्यक्रमको प्रशंसा उपस्थिती पाहुनाहरुले भलाकुसारीसँगै बार्बीक्यू आनन्दको अनुभुति गरेको पाइयो।  

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal