eNepal

१७औं न्याभ कप क्रिकेट टुर्नामेन्ट आयोजना हुँदै, दश टिमले सहभागीता जनाउने

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको सिग्नेचर कार्यक्रमहरु मध्यको बहुप्रतिक्षित र प्रतिष्ठित खेलकुद प्रतियोगिता  “१७औँ एनएभी क्रिकेट कप २०२२” आयोजना गर्ने भएको छ।

आगामी ९ जनवरीबाट सुरुवात हुने बहुप्रतिक्षित प्रतियगिता C H Sullivan Memorial Park, Reservoir हुने तय भएको छ।

१० क्रिकेट टिमले सहभागीता जनाउन लागेको यस प्रतियोगितामा पहिलो हुने टिमलाई नगद २००० र दोश्रो हुने टिमलाई नगद १००० नगद राशीका साथमा ट्रफीको व्यवस्था गरिएको छ।

गएको न्याभ कपमा प्रायोजकहरुबाट खेलाडीहरुको आत्मबल र मनोबल बढाउने हेतुले आकर्षक नगद पुरस्कार राशीको बर्षात भएको र यो बर्ष पनि इच्छुक प्रायोजकहरुबाट सोही आकर्षक पुरस्कारको अपेक्षा राखीएको न्याभका उपाध्यक्ष एवम् न्याभ कप संयोजक प्रेमराज उप्रेतीले बताउनु भयो। साथै दुई महिना लामो हुने यो मेघा इभेन्टमा सहभागी हुनका साथै सहयोगको लागि ईच्छुक टीम, प्रायोजक र स्वेमसवेकहरुलाई आमन्त्रीतका लागि आवहान समेत गर्नु भएको छ।

यस बर्ष दश टिमलाई मात्र सहभागीता गराउने लक्ष्य राखिएकोले हाल टीमहरु छनोट प्रकियामा रहेको समेत जानकारी गराउनु भयो।

यस वर्षको न्याभ क्रिकेट कपले बिभीन्न च्यारिटी म्याचहरुका साथै युगल जोडी प्रतियगितापनि सन्चालन हुनेछन्। च्यारिटी म्याच मार्फत उठेको सहयोग रकम भिक्टोरीयावासी नेपाली समुदाएको गौरवको रुपमा रहेको “नेपाली सामुदायिक केन्द्र” प्रवर्द्धन गर्न सहयोग गरिदैछ।

न्याभले केही साता अघि मात्र रोयल वेस्टर्न क्लब र भिक्टोरीयन बहुसाँस्कृतिक आयोगसँगको सहकार्यमा दोश्रो न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ।यस प्रतियोगिताको संयोजक प्रेमराज उप्रेतीले गर्नु भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal