eNepal

डा.एकिन्द्र तिमिल्सेना भिक्टोरियन बहुसांस्कृतिक आयोगको क्षेत्रीय सल्लाहकार परिषद सदस्यमा नियुक्त

डा. एकिन्द्र तिमिल्सेना भिक्टोरियन बहुसांस्कृतिक आयोग अन्तर्गतको दक्षिणी महानगरीय क्षेत्रका क्षेत्रीय सल्लाहकार परिषद सदस्यमा नियुक्त हुनु भएको छ।

भिक्टोरियाको नोबल पार्क निबासी डा.एकिन्द्र तिमिल्सेना भिक्टोरियन बहुसांस्कृतिक आयोग अन्तर्गतको दक्षिणी महानगरीय क्षेत्रका क्षेत्रीय सल्लाहकार परिषद सदस्यमा नियुक्त हुनु भएको छ।  

भिक्टोरिया भरी ८ वटा क्षेत्रीय सल्लाहकार परिषद्हरु छन् जसमा सदस्य हुनको लागि इच्छुक व्यक्तिहरुबाट आबेदन माग गरिन्छ।  सो को लागि बहुसांस्कृतिक समुदायलाई असर गर्ने स्थानीय मुद्दाहरूको ज्ञान भएको, विभिन्न समुदायहरूलाइ जोड्न सक्ने र आफ्नो स्थानीय समुदाय सुधार गर्न प्रतिबद्धता भएका व्यक्ति हुनु पर्दछ।  

भिक्टोरियन बहुसांस्कृतिक आयोग अन्तर्गतका क्षेत्रीय सल्लाहकार परिषदहरूले भिक्टोरिया राज्यभर आयोगले कुन मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आवश्यक छ भनी पत्ता लगाउन मद्दत गर्दछन।  यी सल्लाहकार परिषद्हरुका सदस्यहरू भिक्टोरियन बहुसांस्कृतिक आयोगका आँखा र कान हुन्, जसले बहुसांस्कृतिक समुदायका लागि महत्त्वपूर्ण मुद्दाहरूको बारेमा आयुक्तहरूलाई सूचना प्रदान गर्दछन।

डा. तिमिल्सेना नेप्लिज एसोसिएसन अफ भिक्टोरीयाको बर्तमान कोषाध्यक्ष समेत हुनुहुन्छ।

https://www.multiculturalcommission.vic.gov.au/vmc-regional-advisory-councils

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal