eNepal

तमिलनाडुमा भएको सेनाको हेलिकोप्टर दुर्घटनामा दार्जिलिङ निवासी सतपाल राईको निधन

तमिलनाडु राज्यस्थित कुन्नुरमा भएको सेनाको हेलिकोप्टर दुर्घटनामा दार्जिलिङ निवासी सतपाल राईकोसमेत निधन भएको छ ।

दार्जिलिङका सांसद राजु विष्टले सामाजिक सन्जालमा राखेको जानकारि अनुसार सतपाल राई दार्जिलिङको तकदाहका थिए ।

विष्टका अनुसार सतपाल राई सीडीएस जनरल बिपिन रावतका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) थिए ।

वुधवार भएको हेलिकोप्टर दुर्घटनामा सीडीएस विपीन रावत, उनकी पत्नी मधुलिकालगायत १३ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा कुल १४ जनाले यात्रा गरिरहेका थिए ।

दार्जिलिङका सांसद विष्टले फेसबूकमा लेखेका छन् “उहाँको परिवारमा यो अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति भगवानले प्रदान गरुन् भनी प्रार्थना गर्दछु । तपाईको राष्ट्र सेवा र तपाईले दिनुभएको अन्तिम बलिदानलाई गोर्खा र हाम्रो सिङ्गो राष्ट्रले सधैं सम्झिरहनेछ ।”

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal