eNepal

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा सानदार सुरुवात

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा सानदार सुरुवात गरेका छन् । होबार्ट हरिकेन्सबाट बिग ब्यास खेलेका सन्दीपले पहिलो खेलमै सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सन्दीपले आफ्नो पहिलो खेलमा ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ थालेको सिड्नी १३ ओभरमा ५ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।

होबार्टले सन्दीपलाई सातौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो ओभरमा मात्र तीन रन खर्चिदै उत्कृष्ट सुरुवात गरे । पहिलो बलमा मोइसेन हेनरिक्स र दोस्रो बलमा ड्यानियल क्रिष्टियनलाई एक एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपले त्यस पछिका तीन बल क्रिष्टियनलाई डट राखे ।

सन्दीपले नवौं ओभरमा तीन रन खर्चेर एक विकेट लिए । नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रिष्टियन लङअनमा जोर्डन कक्सबाट पाँच रनमा क्याच आउट भए । दोस्रो बलमा हेनरिक्सलाई एक रन दिए । तेस्रो बल सन्दीपले इंग्ल्यान्डका अलराउन्डर टम करनलाई डट राखे । चौथो र पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बल डट राखे ।

सन्दीपले ११ औं ओभरमा ७ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई एक रन खचिए । दोस्रो बल करनलाई एक रन दिए । तेस्रो बलमा हेनरिक्सले कभरमा सन्दीपलाई चौका प्रहार गरेका थिए । चौथो बलमा एक रन खर्चेका सन्दीपले बाँकी दुई बल डट राखे ।

१३ औं ओभरमा सन्दीपले दुई चौका सहित ११ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई डट र दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा करनलाई एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपलाई चौको बलमा कभरमा हेनरिक्सले चौका प्रहार गरे । पाँचौं बलमा एक रन दिए । अन्तिम बलमा करनले सन्दीपलाई चौका प्रहार गरे । समग्रमा सन्दीपले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । सन्दीपले ९ बल डट राखेका थिए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal