eNepal

भिक्टोरीयामा पनि देखा पर्यो ओमिक्रोन भेरियन्ट

मेलबर्नको होटल क्वारेन्टाइनमा बसेका एक यात्रीमा कोभिड-१९ को ओमिक्रोन भेरियन्टको केस भेटिएको छ। भिक्टोरियन स्वास्थ्य विभागले मेलबर्नको समुदायमा भेटिएका ओमिक्रोनका दुई सम्भावित घटनाहरूको पनि अनुसन्धान गरिरहेको जनाएको छ।उक्त घटना केसी र ब्रिम्बाङ्क क्षेत्रमा पहिचान भएको हो ।

ति व्यक्तिका सम्पर्कमा रहेका घरपरिवारहरूले पनि कोरोनाभाइरसको सकारात्मक परीक्षण गरेका र उनीहरुमा ओमिक्रोन भेरियन्ट छ वा छैन भनेर पुष्टि भने स्वास्थ्य बिभागले जनाएको छ। साथै उक्त घटना अन्तर्राष्ट्रिय यात्रासँग नजोडिएकोले उनीहरूलाई भाइरस कसरी भयो भन्ने अनुसन्धान भएको जनाइएको छ।

ती व्यक्तिहरु सम्पर्कमा रहेकाहरुको पहिचान गरी १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।

हाल सम्म न्यू साउथ वेल्समा जम्मा २५ ओमिक्रोनका केसहरू फेला परेका छन् भने क्वीन्सल्याण्डमा दुई जनामा देखा परेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal