eNepal

गुल्मी समाज भिक्टोरीयाको अध्यक्षमा चुनीए माधव खरेल, साधारण सभा भने ५ डिसेम्बरमा हुँदै

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको अध्यक्षमा माधव खरेल चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा रमेश सापकोटा, कोषाध्यक्षमा राजन पोखरेल, सहसचिवमा दिपक सापकोटा सर्वसम्मत चुनीनु भएको छ। 

समितिको अन्य सदस्यहरुमा डा. सन्देश पन्त, आकाश क्षेत्री, प्रिया गौतम, कृष्ण प्रसाद सापकोटा, तारा प्रसाद भट्टाराई चयन भएका छन्।

त्यस्तै साउथ एरीया संयोजकमा दिपक अर्याल, नर्थ एरीया संयोजकमा प्रदीप पन्त र महिला कोअडीनेटर पश्चिमबाट पुजा सापकोटा चयन भएका छन्।

साधारण सभा अगावै आगामी बर्षका लागि नेतृत्व चुनीसकिएको र बाँकी रहेका पदहरु आउँदो ५ डिसेम्बरमा हुन गइरहेको बार्षीक साधारण सभाबाट तय गरिने बर्तमान अध्यक्ष गान्धी भट्टाराईले जानकारी गराउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal