eNepal

जिएनएले सिटी अफ ग्रेटर जिलोङबाट पायो अनुदान, सामाजिक कल्याणका कार्यमा खर्च गरिने

जिलोंग नेप्लिज एसोसिएशनले सिटी अफ ग्रेटर जिलोङबाट ९ हजार १ सय पचास डलर अनुदान सहयोग प्राप्त भएको छ। 

कुल अनुदान मध्ये $७१५० रकम व्यक्ति, स्वास्थ्य सेवा सम्बन्धी बिभीन्न क्रियाकलाप सन्चालन गर्नका साथै अन्य कल्याणकारी कार्यहरुमा खर्चीने जिएनएका अध्यक्ष निरज करणजितले बताउनु भयो।

त्यसैगरी दुईहजार डलर भने रङहरूको पर्व होली २०२२ कार्यक्रम आयोजना गर्न प्रयोग गरिनेछ। 

जिएनएले आफ्नो बार्षीक साधारण सभा आगामी ५ डिसेम्बर शनिवार अपरान्ह ५ बजेबाट खान करी हट जिलोङमा आयोजना गर्ने भएको छ। त्यस्तै १९ डिसेम्बरका दिन बनभोजको कार्यक्रम तय गरेको छ।

यस अघि पनि जिलोङ नेप्लिज एसोसियसनले कोरोना माहामारी पछिको लकडाउनमा खाध्यन्न, ताजा पकाएको खाना, किराना सामान र खाँचोमा परेका अतिआवस्यकीय सामाग्रीहरु सामुदायिक सदस्यहरुलाई वितरण गरेको थियो।

जिलोङ नेप्लिज एसोसियसनले पानी सुरक्षा, मानसिक स्वास्थ्य, खेलकुद, कोभीड १९ सम्बन्धी जानकारी मुलक कार्यक्रम, खोप लगाउने कार्यक्रम लगाएत बिभीन्न साँस्कृतीक कार्यक्रमहरु समुदायमा गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal