eNepal

अष्ट्रेलीयाको संघीय सरकारद्वारा १५ डिसेम्बरसम्म अन्तर्राष्ट्रिय आगमनमा रोक

अष्ट्रेलीयाको संघीय सरकारले विद्यार्थी र अन्य भिसाबाहकहरुको लागि १५ डिसेम्बरसम्म अन्तर्राष्ट्रिय आगमन रोक लगाएको छ।

संघीय सरकारले नयाँ ओमिक्रोन भेरियन्टका पाँच केस देखिए सँगै अन्तर्राष्ट्रिय आगमन रोक लगाएको छ तर अष्ट्रेलियाली नागरिकका लागि भने सिमाना खुला रहेको बताएको छ।

प्रमुख मेडिकल अफिसर पल केलीको चिकित्सकीय सल्लाहमा मन्त्रिपरिषद्को राष्ट्रिय सुरक्षा समितिले आज यो निर्णय गरेको हो।

अष्ट्रेलियाले डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरू, दक्ष आप्रवासीहरू साथै अस्थायी पारिवारिक भिसा धारकहरूका बोर्डर पुन: खोल्ने जनाएको थियो तर सोमबार साँझ राष्ट्रिय सुरक्षा समितिले उक्त कदम रोक्ने निर्णय गरेको हो ।

 नयाँ भेरियन्ट देखिएसंगै दक्षिण अफ्रिकाका केही देशका लागि अष्ट्रेलीयाले आफ्नो सिमाना बन्द गर्ने घोषणा गरेको छ। स्वास्थ्य मन्त्री ग्रेग हन्टले शनिबार ती देशका लागि प्रतिबन्ध लागाउने घोषणा गरेका थिए।

दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । त्यहाँ पछिल्लो समय ओमिक्रोन भेरियन्ट फेला परेको र यो भेरियन्ट खतरनाक रहेको बताइएको छ।

दक्षिण अफ्रिका, लेसोथो, बोत्सवाना, जिम्बाब्वे, मोजाम्बिक, नामिबिया, इस्वाटिनी, मलावी र सेशेल्सबाट कुनै पनि अष्ट्रेलियाको राज्य वा क्षेत्रमा आउने व्यक्तिहरूले १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्नेछ।

न्यू साउथ वेल्स, भिक्टोरिया र अष्ट्रेलीयन क्यापिटल टेरीटोरीले अन्य देशहरूबाट आउने पूर्ण खोप लगाइएका यात्रुहरूले ७२ घण्टाको लागि सेल्फ आइसोलेसन बस्नु पर्ने जनाएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal