eNepal

कोभिड-१९ को नयाँ भेरियन्ट देखिएसंगै अष्ट्रेलीयामा सतर्कता

कोभिड-१९ को नयाँ भेरियन्ट देखिएसंगै दक्षिण अफ्रिकाका केही देशका लागि अष्ट्रेलीयाले आफ्नो सिमाना बन्द गर्ने घोषणा गरेको छ। स्वास्थ्य मन्त्री ग्रेग हन्टले शनिबार ती देशका लागि प्रतिबन्ध लागाउने घोषणा गरेका हुन्।

दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । त्यहाँ पछिल्लो समय ओमिक्रोन भेरियन्ट फेला परेको र यो भेरियन्ट खतरनाक रहेको बताइएको छ। जसका कारण अष्ट्रेलियाले दक्षिण अफ्रिकाका ९ देशका लागि बोर्डर बन्द गर्नेभएको हो। 

दक्षिण अफ्रिका, लेसोथो, बोत्सवाना, जिम्बाब्वे, मोजाम्बिक, नामिबिया, इस्वाटिनी, मलावी र सेशेल्सबाट कुनै पनि अष्ट्रेलियाको राज्य वा क्षेत्रमा आउने व्यक्तिहरूले १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्नेछ।

न्यू साउथ वेल्स, भिक्टोरिया र अष्ट्रेलीयन क्यापिटल टेरीटोरीले अन्य देशहरूबाट आउने पूर्ण खोप लगाइएका यात्रुहरूले आज मध्यरातबाट ७२ घण्टाको लागि सेल्फ आइसोलेसन बस्नु पर्ने जनाएको छ।

न्सुसाउथवेल्सले पूर्ण रूपमा खोप लगाइएका अन्तर्राष्ट्रिय यात्रुहरूको लागि सबै क्वारेन्टाइन आवश्यकताहरू एक महिना अघीनै पूर्ण रूपमा हटाएको थियो।

अष्ट्रेलियामा अहिलेसम्म ओमिक्रोन भेरियन्टको कुनै पनि पुष्टि भएका घटनाहरू रिपोर्ट गरिएको छैन।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal