भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १२५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै बार्ह बर्ष माथी उमेर समूहका ९० प्रतिशतले भिक्टोरीयनहरु खोपको दुबै मात्रा लगाएका छन्।
सोहि अवधि भर ७५ हजार ३ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १० हजार २ सय ७६ रहेको छ ।
त्यसैगरी हालसम्म १ लाख ३ हजार ८ सय ६८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४८ लाख २९ हजार १२ पुगेको छ ।

